पर्वत बेनीमा अवस्थित न्यू होराइजन आवासीय माविको १६ औं बाषिकोत्सव एवम् अभिभावक भेला बिहिबारदेखि सुरु भएको छ । खेलकुद तथा अन्य रचनात्मक क्रियाकलाप सञ्चालन गरी तीनदिनसम्म मनाइने दिवसको शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर खत्रीले उद्घाटन गरे ।

पर्वतको जलजला गाउँपालिकामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मानिएको विद्यालय पर्वत बेनीको गहना भएको प्रमुख अतिथि खत्रीले बताए ।  उनले विद्यालयले प्रवित्रिमैत्री वातावरण तथा विद्यार्थीको सिकाईस्तरका आधारलाई प्राथमिकता दिएर पठनपाठन गर्ने गरेको बताए ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक हेमन्त थापाले शैक्षिक र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अब्बल बनाउने बताए । दिवसको उद्घाटन समारोहको अध्यक्षता दलबहादुर जिसी, स्वागत तथा दिवसमा हुने कार्यक्रमका बारेमा प्रिन्सिपल अरुण कुमार चौधरी र सञ्चालन शिक्षक नबिन पुनले गरेका थिए । बिहिबार, शुक्रबार विद्यालयमा खेलकुद सहितका अतिरिक्त क्रियाकलप सञ्चालन गरी शनिबार अभिभावकको उपस्थितीमा पुरस्कार वितरण सहित समापन कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।

 

Leave a Reply