म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरेपछि अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिका भित्रका १० वटै वडामा हुक्का सेवन, बिक्री वितरणमा प्रतिबन्ध लगाइएपछि नगर प्रहरीले अनुगमनसँगै नगरपालिकाले सार्वजनिक अपिल र ब्यवसायीलाई समेत पत्र पठाएको छ ।

फागुन १६ गतेदेखि सुरु भएको प्रतिबन्धपछि पनि हुक्का सेवन गरिरहेको अवस्थामा भेटिएका २० बर्ष मुनिका किशोरकिशोरीको बारेमा अभिभावकलाई सूचना तथा सेवन गर्दा भेटिएका बयस्क र ब्यवसायीलाई सचेत गराइएको बेनी नगरपालिकाका नगर प्रहरी प्रमुखशंकर पौडेलले बताउनुभयो।‘पहिलोपटक सचेत बनाएर छोडेका छौ, सेवनकर्ताले सूचना नभएको भन्दै अटेर गरेको पाइयो, केही विद्यार्थीको अभिभावकलाई नै फोन गरेर समेत सूचना दिएका छौ’ पौडेललले भन्नुभयो ।

बेनीबजारभित्र हुक्का सेवन र बिक्री वितरण गर्ने सबै ठाउँमा पुगेर सचेत बनाइएको छ भने नियमित बिक्री वितरण गर्ने ठाउँमा छड्के अनुमगमन, होलसेल र बिक्रेतालाई डिलरलाई हुक्कामा प्रयोग हुने पोड सहित प्रयोग हुने अन्य बस्तु फिर्ता गर्न र अटेर गरेमा जफत नै गरिने भन्दै सचेत गराइएको छ ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले छिमेकी जलजला गाउँपालिका, रघुगंगा गाउँपालिका, मंगला गाउँपालिकासँग समेत समन्वय भइरहेको बताउनुभयो। बेनी नगरको प्रतिबन्धले अन्य पालिकामा समेत सेवनकर्ताको जक्सन बन्न सक्ने सम्भावनालाई मध्यनजर गरी हुक्काको मानबस्वास्थ्यमा पर्ने गम्भीर असरका बारेमा समेत सचेत बनाउन आवश्यक रहेकाले समन्वय भएको छ ।

जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै गएको माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पुर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको थियो । पछिल्लो समय बजार क्षेत्रमा कुलतमा फस्ने यूवापुस्ताको संख्या बढ्न थालेपछि कार्यविधि बनाएर बिक्री वितरण निषेधसँगै अटेर गरेमा जरिवाना सहितको प्रक्रियामा अगाडी बढेको नगरप्रमुख केसीको भनाई छ ।

क्षणिक रमाइलोका लागि हुक्का सेवन गर्ने गरिन्छ । सेवनकर्तामा किशोरीको समेत आर्कषक ह्वात्तै बढेको छ । नगरपालिकाले बेनीबजारमा बाहिरी जिल्लाबाट हुक्कामा पोड लगायत बिक्री वितरणमा आएमा समेत जरिवान गरिने छ । एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा २ सय लिटरसम्म धुवाँ शरीरभित्र पु¥याउने गरिन्छ ।

हुक्कामा राखिएको फ्लेबर सूर्तीको चारकोलको धुँवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ। यो मानव स्वास्थ्यको लागि विष सेवन गरेजस्तै हुन्छ । एक खिल्ली चुरोट पिउन ५ देखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टा भन्दा बढी समय लाग्छ। यसै कारणले पनि रोगले सजिलै आक्रमण गर्ने बेनी अस्पतालका मेडिक अधिकृत गोविन्द पोख्रलले बताए ।

हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी हुन्छ । यसैबीच सदरमुकाम बेनीसँगै जोडिएको म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र पर्वतको जलजला गाउँपालिका सेवनकर्ताको सेन्टर बन्न सक्ने भन्दै त्यहाँका जनप्रतिनिधिले समेत हुक्का नियन्त्रणका लागि चासो देखाएका छन् ।

Leave a Reply