बेनी नगरपालिकाले दुध डेरी र चियापसलमा समेत चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले फागुन १७ गते सूचना जारी गदैं पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थको जफत गर्ने चेतावनी दिएको छ । हुक्कालाई प्रतिबन्ध(निषेध) गरेपछि नगरपालिकाले डेरीमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिएमा कानुन अनुसार कारवाही गरिने जनाएको छ । खैनी,चुरोट, गुट्खा, सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भएकाले सूचना सार्वजनिक गरी पसलहरूको अनुगमन सुरु गरेको नगरपालिकाले जनाएको छ ।

धुम्रपान सेवन गर्दा निकोटिन, टार, कार्बन मोनोअक्साइड , एमोनिया,आर्सनिक जस्ता केमिकलले जति स्वास्थ्यमा असर गर्छ । सूचना सार्वजनिक गरेपनि अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाले सुर्तीजन्य पदार्थको सेवन गरिरहेको अवस्थामा भेटिएकालाई बिहिबार देखिनै सचेत बनाउने गरिएको छ ।

नगरपालिकाको टोलीले डेरीपसलमा चुरोट सेवन गरिरहेकालाई सचेत अर्को पटक भेटिएमा कारवाही हुने चेतावनी दिएको छ । बेनीबजारमा कलिला बालबालिकाले समेत चुरोट सेवन गर्ने ब्यापक जनगुनासोपछि नगरपालिकाले लागुपर्दाथको सेवनलाई रोक्ने गरी थप सचेतनामुलक कार्यक्रमहरु ल्याउने जनाएको छ ।

Leave a Reply