अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बेनी-मालढुंगा सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

On: March 2, 2024 9:14 AM
Follow Us:

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्ड स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले मालढुंगाको पहरा फोड्न फागुन १९ देखि फागुन २४ गतेसम्म सडकमा बन्द गर्ने निर्णय गरिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यले बताए ।

प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा बन्द गर्ने निर्णय गरिएको हो। ठेकेदारको ढिलासुस्तीका कारण समयमै सडक सम्पन्न हुन नसकेको अवस्थामा अहिले चौतर्फी दवावपछि ठेकेदारले कार्यतालिका बनाएर काम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

सवारी साधनको चापले पहरामा काम गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेको थियो ।

सडक बन्दको समयमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने ठेकेदारले काम रोकेर भएपनि सहज बनाउने प्रतिबद्धता जनाएको छ ।
बन्दका सयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ। पछिल्लो समय बेनीबाट पोखरा हुदै विभिन्न ठाउँमा जाने सवारीसाधनहरु रत्नेचौर, बागलुङ हुदै जाने गरेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।