छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय बागलुङद्वारा आयोजित तीन दिने आधारभुत अचार बनाउने तालिम सम्पन्न भएको छ । तालिममा छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेडको ग्राहक सदस्य तथा अभिभावक ३७ जनाले सहभागी रहेको थियो ।

छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेडले ७ वटा प्रदेशमा तालिम विभाग गठन गरि बित्तिय संस्थाको ग्राहक सदस्य तथा अभिभावकलाई सिपमुलक तालिम सञ्चालन गर्ने गरेको कार्यक्रम संयोजक सरोज अधिकारीले बताए । तालिमको उद्घाटन गदैं बागलुङ नगरपालिकाको नगर प्रमुख वसन्त कुमार श्रेष्ठले महिलालाई सक्षम बनाउने उद्देश्यसहित यस्तो तालिम आवश्यक रहेको बताए । तालिम सम्पन्न भएपश्चात यावसायिक रूपमा अचार उत्पादन गरी बिक्री गर्न समेत अनुरोध गरे ।

सोही अवसरमा उन्नती सहकार्य लघुवित्तको बागलुङको कलस्टर संयोजक जय बहादुर बिटालु,सि वा ई सी नेपाल लघुवित्त संस्था बागलुङको कलस्टर संयोजक मान बहादुर विक, ग्लोबल आई एम।ई लघुवित्त बेनी शाखाको शाखा प्रबन्धक अमृत सुरखाली, कुश्मा शाखाको शाखा प्रबन्धक राजेन्द्र अधिकारी, बेनी शाखाको शाखा प्रबन्धक लक्ष्मण पाठकले बोलेका थिए ।

तालिममा सहजीकरणको भुमिका शाखा प्रबन्धक सरोज अधिकारी, तालिम प्रशिक्षक बसुन्धरा सुवेदीले गरेका थिए । तालिम अवधिभरमा मासुको अचार,माछाको अचार,च्याउको अचार,अमलाको अचार,लब्सीको अचार,अकबरे खुर्सानीको अचार,गुन्द्रुकको अचार,मिक्स अचार प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण दिइएको थियो । तालिमर्मा मन्त्री माननीय डा प्रकाश सरण महतले समेत अवलोकन गरेका थिए ।

छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय बागलुङसँग आबद्ध कुल ११ सय ३६ जना ग्राहक सदस्य छन् । कार्यक्रम सञ्चालन बिष्णु न्यौपानेले गरेका थिए । तालिममा महिलाको पेसा र व्यवसायलाई टिकाउन र उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो ।

गाउँमा पाइने अर्गानिक उत्पादनको प्रयोगमा अचार बनाउन सकिन्छ । स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थको प्रयोग गरेर अचार बनाउन सकिने बताउँदै महिला दिदीबहिनीलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको थियो।

Leave a Reply