रोजगारीका लागि मलेसियामा पुगेका म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेका दिपक छन्त्याल अचानक बिरामी भएर अस्पतालमा भर्ना भएपछि मोना मलेसियाका अध्यक्ष पूर्ण रोका सहितको टोली अस्पतालमै पुगेर उपचारमा चासो देखायो ।अस्पतालमा अलपत्र अवस्थामा रहेका छन्त्यालको उपचारमा सहयोग जुटाउने र चिकित्सकलाई समेत नियमित सम्पर्क गर्नेमा मोनाले टोली नै खटायो ।

उपचारको क्रममा छन्त्यालको मृत्यु भएपछि कानुनी प्रक्रिया, शब पठाउने र सहयोग जुटाएर समेत हस्तान्तरण गरियो।मलेसियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले रोजगारीको सिलसिलामा मलेसियामा पुगेका म्याग्देलीलाई दुखसुखमा सहयोग गर्ने गरेको छ ।

Adv

बिरामी, अलपत्र तथा कुनै समस्यामा परेको जानकारी पाउँदावित्तिकै मोनाको टोलीले नेपाली संघसंस्थाको समेत सहयोगमा उद्धार तथा समस्या समाधानमा केन्द्रित हुने गरेको छ । मलेसियामा खेलकुद, मानवीय तथा सामाजिक कार्यमा सक्रिय रहेको मोनाले म्याग्दीबाट आएकालाई मोनामा आवद्ध भएर हातेमालो गर्न अपिल समेत गरेको छ । ‘मोना भनेको म्याग्देलीको घर हो, दुखसुखमा तपाईहरुको सेवामा सर्मपित हुन्छ’ अध्यक्ष रोकाले भने । उनले मोनामा आवद्ध भएर म्याग्देलीको हकहित र नियमित सम्बन्ध स्थापित गर्न समेत सघाउने बताए ।

मोना मलेसियाका महासचिव केश रोका मगरले मलेसियाका विभिन्न क्षेत्रमा रहेका म्याग्देलीले सदस्यता लिन र अनुकुल भएका क्षेत्रका कार्यक्रमहरुमा सहभागीता जनाउन सक्ने बताए । उनले मोनामा आवद्ध भएर दुखमा साथ र सुखमा साथ दिने वातावरण बनाउन सदस्यता विस्तार अभियानमा जुटेको बताएका छन् । उनले मलेसियामा आउनेलाई सदस्यता दिने र विदाई भएर गएपछि जन्मभूमिमा समेत केही रचनात्मक कार्यहरु गर्ने योजना समेत रहेको बताए । मोना मलेसियाले हालसम्म समस्यामा परेका धेरैलाई सहयोग गरेको छ ।

Leave a Reply