म्याग्दीको प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका-९,गलेश्वरधाममा निर्माण सुरु भएको करिब १ बर्ष १ महिनामै १५ करोडको लगानीमा ४० वटा स्तरीय कोठा सहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । विगत डेढ दशकदेखि होटल व्यवसायको क्षेत्रमा सक्रिय उद्यमी ताराप्रसाद आचार्य(बाबुराम)ले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर‘होटल याक बेनी प्रालि’ सञ्चालनमा ल्याएका छन् ।

Adv

होटल, रेष्टुरेन्टको पूर्वाधार निर्माण सकेर सेवा सूचारु गरेको होटल सञ्चालक आचार्यले बताए । होटलमा डिलक्स, एसी र नर्मल कोठाहरुको सुविधा रहेको छ भने बैठक, भेला, तालिम लगायतका कार्यक्रमहरुको लागि तालिम हल समेत निर्माण गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट ३ किलोमिटरको दुरीमा अवस्थित होटलको रेष्टुरेण्ट होटल परिसरमै छुट्टै निर्माण भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जाने पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएको होटलले सस्तो शुल्कमा स्तरीय सेवा र सुविधा सहितको बसोबासको सुविधा दिइरहेको सञ्चालक आचार्यले बताए । धार्मिक पर्यटकलाई लक्षित गरेर छिट्टै साहाकारी भोजनालयको समेत सेवा थप गर्ने तयारी समेत भइरहेको छ ।

Adv

होटलबाटै प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयको अवलोकन गर्न सकिने यस होटमा तातो÷चिसो पानी, टिभी, इन्टरनेटको सुविधा संगै होटलका संरचनालाई अपाङ्गमैत्री रहेको छ ।

गलेश्वरदेखि मुक्तिनाथ र कालीगण्डकी कोरिडोर हुँदै कोरला नाकामा आउने पर्यटकहरुलाई सुविधा दिन होटल याकले सहयोग पुग्ने धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए । होटलको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले होटल याकको औपचारिक उद्घाटन गरेका थिए । होटलले म्याग्दी र मुस्ताङको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

उनले निजी क्षेत्रले एकबर्षको अवधिमा सुविधासम्पन्न होटल निर्माण गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेको बताए । नीजि क्षेत्रले होटल लगायतको क्षेत्रमा गरेको योगदानले मुलुकको समेत अर्थतन्त्र सुधार र विकासमा योगदान दिने र कालीगण्डकी कोरिडोर र कोरला नाकाको कारण पनि यस क्षेत्रमा होटलको सुविधा आवश्यक रहेको बताए ।

म्याग्दीको सदरमुकाम बेनी तथा जिल्लाका पर्यटकीयस्थलमा धमाधम होटल थपिदैछन् । म्याग्दीका पर्यटकीयस्थलमा बर्षेनी ५० हजारभन्दा बढी पर्यटकले भ्रमण गर्छन भने आन्तरिक पर्यटकको संख्या समेत ह्वात्तै बढेको म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

 

Leave a Reply