म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

आइतबार राती सम्पन्न  संघको निवर्तमान अध्यक्षमा बेलबहादुर कटुवाल, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितिय उपाध्यक्ष अमृत बानियाँ,महासचिव नारायण जिसी,कोषाध्यक्ष सुमन श्रेष्ठ,सचिब मोतिलाल पौडेल,सहसचिव टेकप्रसाद सापकोटा र सहकोषाध्यक्ष बाबुराम आचार्य चयन भएको मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले बताए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, व्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको नितिनियम अनुसार उद्योगी व्यवसायीको हकहित र सुरक्षासँगै संस्थाको गरिमा बढाउने गरी काम गर्ने बताए ।

‘तीन वर्षे कार्ययोजना बनाएर अघि बढ्छ,निजी क्षेत्रले जिल्लामा गर्न सक्ने योगदान सबैमा सक्रियतापूर्वक सहभागी हुन्छौ’अध्यक्ष श्रेष्ठले भने । तीन वर्षे कार्ययोजना अन्तर्गत पर्यटन,उत्पादन,कृषि,जडिबुटी,हाइड्रो र लगायत क्षेत्रमा लगानी भित्राउन महासंघमार्फत निजी क्षेत्रलाई आर्कषित गर्ने, म्याग्दीमा लगानीको वातावरण बनाउन अनुकुल वातावरणमा लगानी सम्मेलन समेत गर्न सकिने बताए । अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लामा बसाइँसराइ रोक्न र व्यवसायीलाई चलाएमान बनाउन समेत सहजीकरण गर्ने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघका पूर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, कुविरकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, जीवनबहादुर विश्वकर्माले बधाई ज्ञापन गरेका थिए । निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्ष लगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना गरेका थिए । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए ।

संघले म्याग्दी महोत्सव र हरेक बर्ष माघेसंक्रान्ती मेलाको आयोजना गर्ने गरेको छ भने प्राकृतिक विपत्तिमा परेका सदस्यका लागि व्यापारिक हितकोष स्थापना, दिवङ्गत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply