म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ । भौगोलिक विकटता, घट्दो अवस्थामा रहेको जन्मदर र नियमित खोपका मापदण्डका कारण बर्षेनी ९ लाख ९० हजार मात्रा अर्थात २९।४ प्रतिशत खोप खेर जाने गरेको तथ्याङ्कले देखाउँछ । खेर गएको खोपको मात्रामा सबैभन्दा धेरै बीसीजी, रुबेला दादुरा खोप,टिडी जेई ५० प्रतिशतभन्दा बढी खेर जाने गरेको छ ।

म्याग्दीमा बीसीजी खोप ८८.३ प्रतिशतसम्म खेर गएको देखिन्छ भने सबैभन्दा कम रोटा, पिसिभी छ । बीसीजी खोप बच्चा जन्मिने बित्तिकै लगाइन्छ । खोप एक भाइलमा २० मात्रा हुन्छ । एक सेसनका लागि एक भाइल खोप खोल्नुपर्छ । बीसीजी खोपको भाइल खोलेको १ घण्टामा लगाइसक्नु पर्ने र एक भाइल खोप लगाउने तत्काल त्यति धेरै शिशु नहुने भएकाले पनि धेरै खेर गएको तथ्याङ्क छ ।

बालबालिकाले लगाउने १३ वटा नियमित खोपमध्ये अधिकांस खेर जाने प्रतिशत २० भन्दा माथी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर एवम् दादुरा–रुबेला विरुद्धको खोप अभियानका प्रबक्ता बिरेन्द्रकुमार चौधरीले बताए।‘खोप खोलेको६घण्टाभित्र प्रयोग गरिसक्नुपर्छ,खोलिएको खोप जति सबै सँगै लगाउने नहुँदा खेर जान्छ’ चौधरीले भने। उनका अनुसार म्याग्दीमा मात्रै नभई देशभरमै समस्या भएको बताए ।

भौगोलिक विकटता, खोप लगाउने बालबालिकाको संख्या कमी र एक ठाउँमा लगाएको खोप अर्को ठाउँमा लैजान नमिल्ने भएकाले खेर जाने गरेको बताए। उनले खोपको नोक्सानीभन्दा पनि २० बालबालिकालाई पुग्ने खोप एकजना बालबालिकालाई पनि खोपबाट वञ्चित गर्न नपाइने बताए ।

एकजना बालबालबालिकाले सम्पूर्ण खोपको डोज पूरा गर्न ३४ हजार बराबरको खर्च हुन्छ । विश्व स्वास्थ्य संगठन र नेपालको खोप ऐनमा कुनै खोप लगाउन एउटा मात्रै बच्चा आएपनि स्वास्थ्यकर्मीले खोप दिनुपर्ने अनिवार्य नियम रहेको कोल्डचेन सुपरभाइजर चौधरीको भनाई छ ।

म्याग्दीका स्थानीय तह बिचको समन्वय तथा खोप लगाउने नजिकका केन्द्र बिचको तालमेल गर्न सकेमा खोप खेर जाने दर घटाउन सकिने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए । खोप सदुपयोगका बारेमा जिल्लामा अहिलेसम्म स्थानीय तह सहितको सारोकारवाला निकाय बिच प्रभावकारी छलफल तथा योजना भने बनाउन सकिएको छैन ।
म्याग्दीको खोप खपत र खेर जाने तथ्याङ्क

 

Leave a Reply