नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले लघुवित्तका बारेमा रघुगंगा गाउँपालिका-२, भगवतीस्थित मुक्तिधाम  माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । लघुवित्तबारे फैलिएका भ्रम चिर्ने उदेश्यले वडा अध्यक्ष अमृत भण्डारी, विद्यालयका अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी, प्रधानध्यापक टेक बहादुर केसी,नेपाल लघुवित्त बैंकर्स संघ,बागलुङका अध्यक्ष जय बहादुर बिटालु,नेपाल लघुवित्त बैंकर्स संघ,म्याग्दीको अध्यक्ष लक्ष्मण पाठक लगायतको उपस्थितीमा कार्यक्तम गरिएको थियो ।

कार्यक्रम संयोजक अमृत सुरखालि, उपाध्यक्ष संगीता क्षेत्री, सचिव टिकाराम रिजाल, सहसचिव चाम प्रसाद धमाला, सदस्य प्रमिला श्रेष्ठ, सदस्य शारदा राना, सदस्य बिष्णु न्यौपानेको उपस्थितीमा भएको कार्यक्रममा ४४ जना बिद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षण जय बहादुर बिटालु, संगीता क्षेत्रि, लक्ष्मण पाठकले गरेका थिए ।

लघुवित्तको परिचय र वर्तमान अवस्था,वित्तीय साक्षरता ,वित्तीय लक्ष्य निमार्ण,पारिवारिक बजेट, बचत,ऋण,जोखिम विप्रेषण,वित्तीय कारोबारको डिजिटल माध्यम, कर्जा सुचना केन्द्र र असरको बारेमा जानकारी गराईएको थियो । स्वागत उपाध्यक्ष संगिता क्षेत्री,कार्यक्रम सञ्चालक सचिव टिकाराम रिजालले गरेका थिए । लघुवित्तको कर्जा सदुपयोग गरी उद्यमी बनेकाहरूको चर्चा गर्दै ऋण नतिर्दा पर्नसक्ने असरबारे कार्यक्रममा जानकारी गराएका थिए ।

पछिल्लो समय लघुवित्तलाई बदनाम गराउने गरी भ्रम फैलाइएको अवस्थामा लघुवित्तले कर्जा लिने सदस्यको क्षमता विकाससँगै विभिन्न सचेतनामुलक कार्यक्रम समेत गर्ने गरेको छ। लघुवित्त विपन्न र मध्यम आय भएकालाई लक्षित भएकाले कर्जाको सदु्पयोग गर्न समेत समेत सदस्यहरुलाई वित्तिय ज्ञान दिने गरेको छ।

Leave a Reply