म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । मोना कतारले (मार्च ८) तारिक शुक्रबारका दिन संघको ‘२१ औ वार्षिकोत्सव’को अवसरमा मोना कतार वहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष ‘पाँचौ विबिध साँस्कृतिक कार्यक्रम’ गर्ने लागेको हो ।

कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाले प्रकाश दुतराजको प्रस्तुतीसँगै म्याग्दीको लोपउन्मुख थालीनाच समेत देखाइने भएको छ । थाली नाच म्याग्दीका कालाकारले मात्रै देखाउँछन् । कार्यक्रम संयोजक बाबुराम भण्डारीका अनुसार नेपाली मौलिक पञ्चेबाजामा भरपुर्ण मनोरञ्जन लिन सकिने र कतारमा स्थापित स्थानीय कलाकारहरुको समेत प्रस्तुत रहने छ ।

यही शुक्रबार अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा दिनको ठिक १२ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रमको तयारी तथा अन्य ब्यवस्थापनमा जुटेको मोना कतारका पूर्व अध्यक्ष तिलु शर्मा पौडेलले बताए। मोना कतार तथा मोना कतार बहुउद्देश्यीय अक्षयकोष,सांस्कृतिक र खेलकुद विभागको सह–आयोजनामा हुने कार्यक्रममा संकलन भएको आर्थिकबाट बचेको रकमलाई कोषमार्फत मानवीय सेवामा खर्च गरिने छ ।

 

Leave a Reply