महाशिवरात्रीको अवसरमा अष्ट्रेलियामा नेभा बिजनेस सर्भिसले नेपाली चर्चित कलाकार सहितको सांगीतिक कार्यक्रम गर्ने भएको छ । आगामी मार्च ९ तारिकका दिन शिवरात्रीको शुभकामना आदानप्रदान सहित अष्ट्रेलियामा रहेका नेपालीलाई एकैठाउँमा चर्चित कलाकारको उपस्थितीमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

गायक तथा मोडल दुर्गेस थापा, राजेश राई, सम्झना अधिकारी,आम्स भण्डारी, डान्सर सम्झना मल्ल लगायतका कलाकारहरुको प्रस्तुती रहने नेभा बिजनेस सर्भिसका कार्यक्रम संयोजक सञ्जय मल्लले बताए ।

उनले शिवरात्रीको अवसरमा फरक–फरक स्वादका गायकहरुको एकै मञ्चमा हुने कार्यक्रमको तयारी तिब्र पारिएको बताए। इभेन्टबाट संकलन भएको आर्थिक राखु समाज अष्ट्रेलियामार्फत सामाजिक एवम् मानवीय सेवामा खर्च गरिने छ ।

‘सांगीतिक कार्यक्रमबाट बचेको सबै सामाजिक कार्यमै खर्च हुन्छ, हामीले विगतमा पनि धेरै मानवीय क्षेत्रमा सहयोग गरेका छौ’ राखु समाजका उपाध्यक्ष समेत रहेका मल्लले भने । उनले यस कार्यक्रममा उपस्थितीका लागि समेत अनुरोध गरेका छन् । नेपालको कला संस्कृति झल्काउने गरी कार्यक्रम गरिने बताए । नेपाली समुदायबीच आपसी सदभाव र एकताको उद्देश्यसहित कार्यक्रम समेत राखिएको छ ।

Leave a Reply