म्याग्दीको मंगला गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान उत्साहजनक रुपमा सकिएको छ । मंगलाको पाँचवटै वडामा ९२५ लक्ष्य लिइएकोमा ९१० सय १४ अर्थात् ९८.३७ प्रतिशत बालबालिकालाई खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख लेखु रोका मगरले बताए । उनका अनुसार अभियानमा सबैजसो वडाका विकट बस्तीसम्म पुगेर सन्देश प्रवाह गरिएकाले खोप अभियान सफल भएको बताए ।

गाउँपालिका भित्रका १४ जना बालबालिकाले बेनी नगरपालिका र मालिका गाउँपालिकामा ९ जनाले लगाएको र एकजना बालकका अभिभावक सम्पर्कमा नआएकाले थप खोजी भइरहेको छ ।

गत बुधाबार देखि सुरु भएको दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानका हरेक दिनमा खोप लगाउन केन्द्रमा आउने अभिभावकलाई बालबालिकालाई खोप नलगाउँदाको समस्याका बारेमा समेत जानकारी गराइएको थियो । फागुन २१ गतेसम्म सोमबार सम्पन्न भएको अभियानको सबै विवरण संकलन भइरहेको स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवत्ता बिरेन्द्रकुमार चौधरीले बताए ।

जिल्लाभर १५० वटा खोपकेन्द्रमा १५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका थिए। जिल्लामा समयमै खोप तालिम, ढुवानी तथा वितरण तथा घरदैलोमा पुगेर प्रचारप्रसार गरिएकाले पनि लक्ष्य अनुसारको खोप लगाउन सफल भएको स्वास्थ्यकर्मीको भनाई छ । म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट खोप लगाउनुपर्ने ९ महिना देखि ५ वर्ष उमेर समुहका ६ हजार ५ सय ७० जना बालबालिका रहेका थिए । अहिले छुटेका बालबालिकालाई नियमित खोप अभियानमा समेटिने छ ।

 

Leave a Reply