म्याग्दी जिल्लामा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ लक्ष्य रहेकोमा ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवत्ता बिरेन्द्रकुमार चौधरीले बताए ।

‘म्याग्दी बाहिरबाट आएका बालबालिकाले समेत खोप लगाएका छन्, पर्वतका बालबालिकाले समेत खोप लगाएका छन्’ चौधरीले भने ।  उनका अनुसार खोप अभियानमा यसअगाडी नियमित खोप नलगाएका ३ जना बालबालिका भेटिएकोमा यसपटक खोप लगाएर बाँकी खोप समेत तालिका अनुसार लगाइने बताए ।

बेनी नगरपालिकामा भारतीय बालबालिका तथा मजदुरी र जागिरको सिलसिलामा बाहिरी जिल्लाबाट आएकाले समेत खोप केन्द्रमा गएर खोप लगाएकाले लक्ष्यभन्दा धेरै अर्थात १०७.१ प्रतिशतले खोप लगाएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

९ महिनादेखि ५ बर्षमूनिका ६ हजार ५७० बालबालिका मध्ये ३ हजार २ सय ७८ जना बालबालिकाले खोप लगाएका छन् । खोप अभियान फागुन २१ गतेसम्म जारी रहनेछ । पहिलो र दोस्रो दिन म्याग्दीका विकट बस्तीमा खोप अभियानमा अभिभावकले बालबालिकालाई लिएर खोप केन्द्रमा पुगेका छन् ।

अन्नपूर्ण, मालिका गाउँपालिका र बेनी नगरपालिकामा लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाउनुमा जलविद्युत सहित अन्य विकास निर्माणका क्षेत्रमा बाहिरी जिल्लाबाट आएका मजदुर धेरै भएको कारण रहेको बताए ।

खोप कार्यक्रममा उत्साहजनक सहभागिता भएको र खोपकै कारण बालबालिकामा असामान्य स्वास्थ्य असर नदेखिएको बताइएको छ । १५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका थिए । खोप अभियानकै क्रममा स्वास्थ्यकर्मीले स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थिए ।

रोगसँग लड्ने क्षमता बृद्धि गर्न बालबालिकाका लागि खोप अतिआवश्यक रहेको र अभिभावक नै सचेत रहेको जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए ।

उनले अति विकट बस्तीबाट आएका सूचनामा समेत बालबालिकाको खोपका लागि अभिभावक घण्टै पैदल समेत यात्रा गरी खोप केन्द्रमा पुगेको र अभियानको पहिलो र दोस्रो दिनमै धेरैले खोप लगाएको बताए । बालबालिकालाई एक वर्षको हुँदासम्म ९ वटा खोप अनिवार्य रूपमा लगाउनुपर्छ ।

Leave a Reply