प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ बनेको सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाडफाँडमा कुरा मिलेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाएको छ । माओवादीले ५ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा, जनता समाजवादी पार्टीले २ वटा र अन्य साना दलहरुलाई ४ वटा मन्त्रालय छुट्याइएको छ ।

रास्वपालाई गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । रास्वपाका सभापवति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । त्यसैगरी रास्वपाले सुमना श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेवारी दिने भएको छ । विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि विनाविभागीय मन्त्री बनेका डोलप्रसाद अर्याल श्रम मन्त्री तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

एमालेले सचिव रघुविर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ । महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री बन्ने निश्चित भएको छ । पदम गिरी यसअघिनै मन्त्री नियुक्त भइसकेका छन् । एमालेबाट अरु मन्त्रीको नाम टुंगिन बाँकी रहेको छ ।

जसपाले मन्त्रीहरुको नाम दिएको छैन । माओवादीले अर्थ मन्त्रालयमा वर्षमान पुनलाई पठाउने भएको छ । अन्य मन्त्रीहरुको नाम टुङ्ग्याउने प्रयास भइरहेको बताइएको छ । साढे ४ बजेका लागि शपथको तयारी रहेको बताइएको छ।

Leave a Reply