अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

हाल सम्मकै उच्च भाउ : सुन तोलाको १ लाख २५ हजार पुग्यो, चाँदी पनि बढ्यो

By सफल आवाज
On: March 7, 2024 11:18 AM
Follow Us:
---Advertisement---

साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा एकैदिन रुपैयाँ १५ सय तथा चाँदीमा रुपैयाँ ३० ले बढेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ १५ सयले बढेर तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १५ सयले बढेर तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २२ हजार ९ सय रपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सफल आवाज