म्याग्दी प्रवासी नेपाली संघ (मोना) २१ औ वार्षिकोत्सवको अवसरमा आज शुक्रबार दिउँसो आयोजना गरिएको पाचौं विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालका लोकप्रिय गायक प्रकाश दुतराज कतार आइपुगेका छन् ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएका गायक दुतराजलाई मोना कतार बहुउद्देश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्की, सचिवप तिलु शर्मा पौडेल, पाचौं विविध साँस्कृतिक कार्यक्रमका संयोजक बाबुराम भण्डारी सहितको टोलीले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

मोना कतार वहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष ‘पाँचौ विबिध साँस्कृतिक कार्यक्रम’मा गायक दुतराजको प्रमुख आर्कषण रहने छ । गायक दुतराजले करिक दुईघण्टामा आफ्ना लोकप्रिय गीतहरु नेपाली दर्शकमाझ पस्किने छन् ।

समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ । यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ । दुतराजका पछिल्ला हरेक कोशेली यूटुवमा करोड भन्दा धेरै भ्युज पाएको छ । उनका गीतका अभियन गरेका कलाकारहरुलाई समेत अन्य गितमा अवसरै अवसरै अवसर छ ।

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका गायक दुतराजले जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’,घर कता हो बैनीको,‘रिमै’ लगायत विभिन्न सांगीतिक कोशेली पस्किने छन् । कतारमा रहेका विभिन्न नेपाली समाजको समेत सहयोग रहेको कार्यक्रममा पहिलोपटक कतारमा आएका दुतराजको यात्रा अविस्मरणीय बनाउने योजनामा रहेको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए ।

‘म्याग्देली गायकको सम्मानमा पनि यो कार्यक्रम गरिएको छ, बचत भएका सबै आर्थिक कोषमा राखेर रचनात्मक कार्यमा खर्चिनेछौ’ अध्यक्ष पौडेलले भने । सांस्कृति कार्यक्रममा कतारमा रहेका कलाकारहरुलाई समेत प्राथमिकता दिइएको बताए । २१ औ वार्षिकोत्सवमा सहभागी हुन मोना आइइसीका अध्यक्ष एवम् मोना कतार बहुउद्देश्यीय अक्षय कोषका संरक्षक ददीवल खड्का, गणेश श्रेष्ठ, राम खड्का लगायतको टोली समेत कतारमा आइपुगेका छन् ।

Leave a Reply