म्याग्दीको बेनी नगरपालिका-९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा चार लाख २९ हजार  भन्दा बढी भेटी संकलन भएको छ। शिवरात्रीको भोलीपल्ट बुधबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो। मंगलबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको चार लाख २९ हजा२९ हजार ३८  रुपैयाँ ३८  रुपैयाँ भेटी सार्वजनिक गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए।
मन्दिरमा संकलन भएको भेटी  मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा फिजारिएर करिव ३ घण्टासम्म गनेर सार्वजनिक गरेको कोषका सदस्य सचिव वलबहादुर खत्रीले बताए। ‘

संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ। दान संकलन गर्ने क्रममा छिटफुट भेटीलाई समेत हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ। ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिएको  छ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दीसहित बिभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आएका थिए।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ।  कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन्। ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

Leave a Reply