गण्डकी प्रदेश समन्वय परिषद कतारले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित  रक्तदान कार्यक्रममा १ सय २५ जनाको उपस्थिति रहेको थियो। ५८ जनाले रक्तदानको लागि आफ्नो नाम रजिष्ट्रेसन गराएका थिए। जस मध्ये ४५ जनाले रक्तदान गरेका थिए भने १३ जनाचाहिँ  रक्तदान गर्न नमिल्ने लिस्टमा परेको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिए।

पबित्र महिना रमदानको पूर्वसन्ध्यामा मानवीय  कार्यस्वरुप ‘रक्तदान नै जीवनदान, रगतको कारणले प्रवासमा कसैले ज्यान गुमाउन नपरोस्’  भन्ने हेतुले आयोजना गरिएको रक्तदान  कार्यक्रममा नेपाली राजदूतावास कतारका श्रम सहचारी टिकामणि न्यौपाने, एनसिसी कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ सस्थांका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रक्तदातालाई प्रशंसा पत्र सहित   ढाका टोपी प्रदान गरिएको थियो रक्तदान जस्तो पुन्यको कार्यमा उपस्थित जनाउनु हुने तथा दाताहरुलाई अध्यक्ष सागर पौडेलले धन्यवाद तथा आभार प्रकट गरेका थिए । कतारमा मासिक रुपमा  नेपालीले रक्तदान कार्यक्रममा गर्ने गरेको  गण्डकी प्रदेश समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष अजय विसीले बताए ।

Leave a Reply