मोना कतारको पाँचौ विविध सांस्कृतिक कार्यक्रम सम्पन्न, प्रकाश दूतराजले कतारमा मच्चाए धमाका (फोटो फिचर)

सांगीतिक प्रस्तुतिका लागी पहिलो पटक कतार आइपुगेका सर्जक तथा लोक दोहोरी गायक प्रकाश दूतराजले धमाका मच्चाएका छन् । मोना कतार बहुउद्देश्यीय अक्षयकोषको श्रीवृद्धिका लागि मोना कतारले शुक्रबार आयोजना गरेको पाँचौं विविध सांस्कृतिक कार्यक्रममा उनले धमाका मच्चाएका हुन् ।

No description available.कार्यक्रमको उत्तरार्धमा स्टेज चढेका दूतराजले करिब सवा घण्टा लगातार प्रस्तुति दिए । आयोजक मोना कतार प्रति कृतज्ञता प्रकट गर्दै आफ्नो सांगीतिक प्रस्तुति राख्न शुरु गरेका उनले चोली मैलै भोबाट उपस्थितलाई नचाउन शुरु गरे । उनले क्रमशः बैनी झ्यालैमा, जाम भो माइली,मन भुल्छ, रिमै, जुन माया सहितका दर्जन गीत वान्स मोरसहित गाए । दर्शकले उनको प्रस्तुतिमा झुमेर मनोरञ्जन लिए भने कार्यक्रममा दूतराजले कतारमा रहेकी लोक तथा दोहोरी गायिका रेश्मी विश्वकर्मा सँग पञ्चेबाजामा लाइभ दोहोरीसमेत गाएर उपस्थितलाई मनोरञ्जन प्रदान गरे ।

No description available.पञ्चेबाजासहित समुद्घाटन गरिएको मोना कतारको २१औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा कतारमा रहेकी म्याग्देली चेली यमुना पटेलले थाली नाचमार्फत स्वागत नृत्य पेस गरिन् । सुदूरपश्चिमको देउडादेखि म्हेन्दोमायासम्मका गीत कार्यक्रममा घन्किए । कतारमा रहेका कलाकारहरू रिमा भुजेल, यजु सेवा, अनु विक, शिला गुरुङ र सोनी मगर (गुरुङ)ले आकर्षक नृत्य पेस गरे । म्हेन्दोमाया गायिका माया थोकर लामा र रोशन अर्यालले आफ्नो गायनबाट मनोरञ्जन प्रदान गरेको कार्यक्रममा युवा सर्जक तथा साहित्यकार सन्दीप थपलिया “सानु”ले गजल र मुक्तकमार्फत माया प्रेम र श्रम लिएर प्रवास आएर राजनीति गर्नेप्रति कटाक्ष गरे ।

No description available.

कार्यक्रमका संयोजक बाबुराम भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रम मोना कतारका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा मोनाका केन्द्रीय अध्यक्ष दधीवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कतारमा स्थापित करिब दुई दर्जन सामाजिक तथा सामुदायिक संघसंस्था सहयोगी रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सबै म्याग्देली मिलेर जिल्लाको विकासमा लाग्न आग्रह गरे ।

No description available.

केक काटेर दीप प्रज्वलनसहित शुभारम्भ गरिएको कार्यक्रममा कार्यक्रमका सहयोगी संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिका अलावा कतारमा रहेका सीमित संघ संस्थालाई निमन्त्रणा गरिएको थियो । टुयुनिसियन स्कुलको हलमा सम्पन्न कार्यक्रममा करिब एक दर्जन वक्ताहरूले आफ्ना शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । नेपालबाट आमन्त्रित कलाकार दूतराजसहित मोना कतारका सञ्चार संयोजक हरीकृष्ण शर्मा गौतम, कार्यक्रमका प्रमुख अतिथि सहित केही व्यक्तिहरूलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा सञ्चार सहयोगीका रूपमा रहेको मध्यान्ह राष्ट्रिय दैनिक तथा सौर्यपत्र डट कमका कतार संवाददाता तथा फोटोग्राफर दर्शन सुनार, पत्रकार प्रकाश दर्नाल समेत सम्मानित भएका छन् । कार्यक्रममा संगीतिक प्रस्तुति दिने कलाकार नगदसहित सम्मानित भएका छन् भने सहयोगी संघ संस्थासहित सहयोगीहरू समेत सम्मानित भएका छन् ।

कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै लम्किचुहा नगरपालिका वडा न ६ कैलालीमा जन्मिएका प्रेम चलाउनेले मोना कतार बहुउद्देश्यीय अक्षयकोषको संरक्षक सदस्यता ग्रहण गरेका छन् । करिब पाँच घण्टा चलेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले मोना कतारको कार्यक्रम सबैले आफ्नो कार्यक्रम सम्झेर साथ सहयोग गर्नेप्रति कृतज्ञता प्रकट गरेका थिए । कार्यक्रमबाट भएको आम्दानी अक्षयकोषमा जम्मा गरिने र कार्यक्रमको आयव्यय समेत सार्वजनिक गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

No description available.