प्रधानमन्त्री दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरुको संख्या २२ पुगेको छ।

आज जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र जसपा सांसद नवलकिशोर साह वन मन्त्रीको शपथ लिएसंगै मन्त्रिपरिषद्मा मन्त्रीहरुको संख्या २२ पुगेको हो।

त्योसंगै दाहाल नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन्।

एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन्।

Leave a Reply