अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

१४ महिनाको आयात धान्ने १८ खर्ब विदेशी मुद्रा सञ्चित

On: March 10, 2024 3:33 PM
Follow Us:
---Advertisement---

नेपाल राष्ट्र बैंकले मुलुकमा १४ महिनाका निम्ति आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, पछिल्लो सात महिनामा विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बढेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो ।अमेरिकी डलरमा माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १८.६ प्रतिशतले बढेर १३ अर्ब ८९ करोड पुगेको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिनाको आयातलाई आधार मान्दा यो विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।