बेनी नगरपालिका-४,तातोपानी अवस्थित श्री सरस्वति मा.बि. मा बिद्यार्थि हरुको आँखा जाँच गरि बिद्यालय आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दि जेसिज को आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दिको प्राबिधिक सहयोग मा संचालित उक्त कार्यक्रम मा बेनि नगरपालिका-४ का वडा अध्यक्ष अण बहादुर खड्काको प्रमुख आतिथ्यता ,नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दि का सभापति अमर बानियाँ र विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष बिरेन्द्र मान शाक्यको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक जेसि प्रतिश श्रेष्ठ को रहेको थियो

१०० जना छात्र,९९ जना छात्र र १८ जना शिक्षक शिक्षिका गरि जम्मा २१७ जन को आँखा जाँच गरिएको कार्यक्रम का संयोजक प्रतिश श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले  म्याग्दि जेसिजले बिद्यालय आँखा जाँच कार्यक्रम को आयोजना गरेर विद्यार्थी हरुको आँखा मा भएको समस्याले पढाइ मा के कस्तो प्रभाव रहेको छ भन्ने खुल्ने भएकोले यो सरहानिय काम भएको बताएका थिए ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष जेसि दिनेश बानियाँ नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र  बेनीका प्रमुख नेत्र अधिकृत आफु स्वंयम रहेको ले आफैले प्राबिधिक को समेत भुमिका खेलेका  थिए ।

यो कार्यक्रम बाट विद्यार्थी हरु को दृष्टि परिक्षण संग संगै आँखाको भित्री भागहरु दृस्टी नसा,रेटिना आदि लगायत का समेत जाँच गरिएको र जाँच का क्रम मा २ जना बिद्यार्थी हरु मा दृष्टि भ्रम को समस्या फेला पारिएको र उक्त विद्यार्थी हरु लाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा मार्फत हिमालय आँखा अस्पताल बाट नि:शुल्क चस्मा माग गरि उपलब्ध गराईने उनले बताए ।

Leave a Reply