अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कुवेतमा कारले ठक्कर दिँदा तीन नेपालीको मृत्यु

By सेतोपाटी
On: March 14, 2024 12:51 PM
Follow Us:

कुवेतमा सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ।

मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए।

उनका अनुसार,, नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगरको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरूको पासपोर्टमा भएको ठेगानाका आधारमा परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको गौतमले जानकारी दिए।

उनले कुवेतको सबै प्रक्रिया पुरा गरेर र परिवारसँग सम्पर्क गरेर शवहरूलाई नेपाल पठाइने बताए। कुवेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरू साथीलाई भेट्न गएका थिए। फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएपछि मृत्यु भएको थियो।

कार्कीले २०२३ फेब्रुअरी,  कडायतले २०२२ अगष्ट,  र मगरले २०२२ अप्रिल महिनामा कुवेतमा बस्ने अनुमति पाएका थिए।

सेतोपाटी