नेपाली मनोरञ्जन दुनियाँमामा सिक्वललाइ सहज सफलताको सूचक मानिन्छ l नेपाली सिनेमामा सिक्वल बनाउने चलन निकै पुरानो हो l

पहिलो सिनेमाले राम्रो कमाइ गर्यो भने त्यही नामले दोस्रो भाग बनाउने गरिन्छ l यो प्रचलन बिस्तारै नेपाली लोक तथा सुगम सङ्गीतमा सरेको छ l पछिल्लो केही वर्ष यता लोक तथा दोहोरी गीतमा पनि सिक्वल बन्ने गरेका छन् l नेपालको रत्यौली गीतको इतिहासमा सम्भवतः पहिलो पटक सिक्वल बनेको छ l

एक साल पहिले रिलिज भएको मौलिक रत्यौली “च्याप्प पर्वते माया” को भाग दुई बजारमा आएको हो l पर्वते मायाको सफलताबाट हौसिएर सोही टीमका सदस्यहरू मिलेर बनाएको “बेइमानी लाहुरेले लाँदैन” बजारमा आएको छ l च्याप्प पर्वते मायाका गायक प्रवेश पौडेलले शब्द र संगीत सङ्कलन गरेको गीतमा पौडेल सँगै श्याम क्षेत्री, टिका सानु र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ l

याम थापा मगरले पहिलो पटक १४ वटा मादल प्रयोग गरेर संगीत भरेका छन् l दुर्गेश थापा, गरिमा शर्मा, रवि कार्की र गायिका सानु को अभिनय रहेको भिडियोको क्रोयोग्राफी तथा निर्देशन प्रविन थापाले गरेका हुन् l गीत तिलु शर्मा पौडेलको निर्माणमा तयार भएर उनको आफनै बाबा इन्टरटेन्मेट टिभी युट्युब च्यानलबाट रिलिज भएको छ l भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् l

भिडियो

https://youtu.be/upUYvzuGUR4?si=JgOW2MyEfqg6nK5v

Leave a Reply