जलजला, चैत-६, पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखा र जलजला गाउँपालिका अन्तर्गतका होटल ब्यबसायी बिच हुक्का तथा सुर्तिजन्य पदार्थको बिक्रि वितरण बारे अन्तरक्रिया सम्पन्न भएको छ । आज (मंगलबार) पर्बत बेनीमा पर्बत उद्योग बाणिज्य संघ  जलजला उपशाखा द्वारा आयोजना गरिएको अन्तरक्रियामा जलजला गाउँपालिकामा हुक्का प्रयोग र सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा नियन्त्रण र  मदिरा नियन्त्रण सम्बन्धमा होटल ब्यबसायी बिच छलफल भएको हो ।

कार्यक्रममा पछिल्लो समयमा हुक्काको प्रयोग अत्यधिक बढ्दै गएको र बालबालिकाहरु यसको प्रयोग बढी गर्ने गरेकोले स्वास्थ्यमा पर्ने  प्रतिकुल असरलाई न्यूनीकरण गर्न  सरकारले तोकेको मापदण्ड अनुसार बिक्रि वितरण गर्ने निर्णय गरिएको छ।

त्यसैगरी मदिरा वितरण अन्तर्गत प्रष्टिक जन्य रक्सीको  बिक्रि बन्द  गर्ने र घरपालुवा (लोकल रक्सीको उत्पादन र बिक्रि बितारनामा निगरानी गर्ने निर्णय गरिएको छ । नियन्त्रण गर्न  प्रभावकारी बनाउन सुरक्षाकर्मी, गाउँपालिका र बाणिज्य संगले नियमित अनुगमन गर्ने निर्णय गएको छ ।

स्थानीय उत्पादन डोकोमा बेच्नु परेमा बिहान १० बजे भित्र बेच्ने र  सो समय पछी बेच्नु परेमा गाउँ पालिकाले तोकेको स्थानमा मात्र बेच्ने गरि निर्णय गरिएको छ । त्यसैगरी प्रभावाकारी कार्यान्वयनका लागी पहिलो पटक सूचना गर्ने र दोश्रो पटक पनि दोहोर्याएमा जफत गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ जलजला उपशाखाका  निबर्तमान अध्यक्ष चित्रलाल रेग्मी, सल्लाहकार संयोजक दिलबहादुर बरुवाल, र सदस्य शेषराज रेग्मीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचर्यको प्रमुख आतिथ्यता, उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिरा बहादुर जिसीको अध्यक्षता र संचालन संघका महाशाचिव कृष्ण राज सुबेदीले गर्नुभएको थियो ।

यसअघि छिमेकी  म्याग्दी जिल्लाको बेनी नगरपालिकाले ब्नागरपालिका क्षेत्रमा हुक्का प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । सिमाना जोडिएको जलजलामा गरिएको यस निर्णयले बालबालिकामा बढ्दै गैरहेको हुक्का प्रयोगलाई नियन्त्रण गर्न थप सहयोग पुग्ने बिश्वास लिइएको छ  ।

Leave a Reply