आगामी चैत्र १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । नियमित तर्फ १८ सय ४०, गे्डबृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

यसबर्ष सबैभन्दा कम अन्नपूर्ण गाउँपालिका–७ हिस्तानस्थित टिकोट माविका ४ जना र सबैभन्दा धेरै बेनी सामुदायिक माविका १ सय १९ जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । पहिलोपटक धवलागिरी गाउँपालिका–३ मुनामा अवस्थित धौलागिरी माविका१९ जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् ।

बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत मावि,उज्यालो वैकल्पिक विद्यालयबाट ५ जना आमाहरुले समेत परीक्षामा सहभागीता जनाउने छन् । जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष नियुक्त गरि उनीहरुलाई अभिमूखिकरण समेत गरि सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइने छ । परीक्षा सञ्चालनका लागि बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिंगा, मंगला मावि बावियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई परीक्षा केन्द्र तोकिएको छ ।

file photo

Leave a Reply