सूर्य ज्योति लाईफ ईन्सोरेन्स बेनी शाखाले बिमा दावीको चेक रकम हस्तान्तरण गरेको छ । ग्रामिण विकास लघुबित्त बित्तिय संस्था बेनी शाखा कार्यालय म्याग्दीबाट संचालित लघुबित्त कार्यक्रम आवद्ध जलजला गा.प.८ फर्से पर्वतकी
ईन्द बहादुर बिकको मृत्यु भएकोले निजको श्रीमती फुलमाया बिकलाई मृत्यु दावी रकम बराबरको रकम अठ्ठाइस हजार आठ सय साठी रकमको चेक हस्तान्तरण गरिएको छ ।

दुवै संस्थाको प्रतिनिधिको उपस्थितिमा फुलमाया बिकको कर्जा बिमा अन्र्तगत साक्षीको मृत्यु भएकोले बिमा रकम प्रदान गरिएको हो । ग्रामिण विकास लघुबित्त बित्तिय संस्था लि, बेनी शाखा कार्यालयका कार्यालय प्रमुख रामचन्द्र गिरी र सूर्य ज्योति लाईफ ईन्सोरेन्स बेनी शाखा कि शााखा प्रबन्धक संगिता बरुवालको उपस्थितिमा सो चेक रकम हस्तान्तरण गरिएको थियो ।

ईन्सोरेन्स शाखा कि प्रबन्धक संगिता क्षेत्रीले बिमा कम्पनी सामाजिक सेवा प्रदायक संस्था भएकोले बचतसंग सगै भबिष्यमा आईपर्ने आर्थिक जोखिमलाइै समेत सहज बनाउन बिमा गर्नु पर्ने भएकाले यसको मानविय जिवनमा ठुलो महत्व राख्ने राख्नु भएको थियो । साथै सो चेक हस्तान्तरण पछि फुलमाया बिकले पुनं सुर्यज्योति सावधिक जिवन बिमा समेतको सेवा लिनु भएको थियो ।

Leave a Reply