म्याग्दी कलाकार संघ काठमाण्डौले जटिल रोगबाट ग्रसित दुई कलाकारलाई आर्थिक सहयोग गरेको छ । काठमाण्डौमा रहेका म्याग्देली कलाकारहरुको साझा संस्था म्याग्दी कलाकार संघले ब्लड क्यान्सर पीडित राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितिका सदस्य एवम् लोकदोहारी गायक विर्ख विश्वकर्मालाई ५० हजार २ सय सहयोग गरिएको छ।

त्यसैगरी लोकदोहोरी गायक एवम् सर्जक प्रसाद खप्तरीको दुबै मृगौलाले काम नगरेपछि ५० हजार १०५ रुपैयाँ सहयोग गरिएको संघका महासचिव राम गगनले बताउनुभयो । लामो समयसम्म उपचार गर्नुपर्ने अवस्थामा आर्थिक समस्या भएपछि संघको कलाकार कल्याणकारी कोषमार्फत सहयोग जुटाएर पीडितलाई हस्तान्तरण गरिएको संघकी अध्यक्ष लाली बुढाथोकीले बताउनुभयो ।

‘समस्यामा परेका कलाकारहरुलाई नै सहयोग गर्न कोष स्थापना गरेका छौ,सबैको साथ र सहयोगको आवश्यकता पनि छ, हामीले दुखमा परेका कलाकारलाई सहयोग गरी आफ्नो जिम्मेबारी पूरा गरेका छौ’ अध्यक्ष बुढाथोकीले भन्नुभयो ।

म्याग्दी कलाकार संघ काठमाण्डौले यसअगाडी समेत विभिन्न समस्यामा परेका कलाकारहरुलाई सहयोग गरेको थियो । कलाकार संघले गीतसंगीतसँगै मानवीय सेवामा समेत सहयोग गर्ने गरेको छ ।

Leave a Reply