कुसल शर्मा
बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित भानु माविमा ८० जना बिद्यार्थीलाई २१ हजार बराबरको टाईबेल्ट सहयोग गरिएको छ । चन्द्रकला महत स्मृति अक्षय कोषद्वारा विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा सहज हुने गरी उक्त सहयोग गरिएको कोषका अध्यक्ष एकेन्द्र बहादुर महतले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष टेक बहादुर थापाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नियमित सहयोग आवश्यकता रहेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष महत, सञ्चालन प्रअ दिनेश बोगटी र शुभकामना मन्तब्य पूर्व प्रअ भरत खत्रीले दिनुभएको थियो।

 

Leave a Reply