बागलुङमा ३ लाख रुपैयाँ राशीको कालिका कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवति गुठी व्यवस्थापन समितिको आयोजनामा ३ लाख रुपैयाँ राशीको कालिका कप भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष कुमार खड्काले बताए ।प्रतियोगिताको लागि विभागीय टिम सहित राष्ट्रिय खेलाडीको सहभागि हुने बताइएको छ ।

प्रतियोगितामा द्धितीय हुनेले १ लाख ५० हजार रुपैयाँ र तृतीय हुनेले १ लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई ५÷५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । यहि चैत्त ३० गतेदेखि बैशाख ६ गतेसम्म मेला सञ्चालन हुनेछ ।मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, मावि (कक्षा १० सम्म) स्तरीय सामुहिक नृत्य, छेलो लगायतका प्रतियोगिताको आयोजना गरिएको छ ।

Leave a Reply