अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बेनीका सन्तोष पुनले नेपाल आइडल’मा गोल्डेन माइक पाए

On: May 30, 2024 9:50 AM
Follow Us:
---Advertisement---

नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणमा म्याग्दीका सन्तोष पुनले गोल्डेन माइक पाएका छन्। नेपाल आइडलमा तीनै जना निर्णायकले एकैपटक गोल्डेन माइक दिने पहिलो समेत सन्तोष नै बनेका छन् ।

बेनी नगरपालिका वडा नं ८ निवासी पुनलाई निर्णायकको भूमिकामा रहेका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले प्रेरणादायिक जिम्मेबारी सहित गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै गोल्डेन माइकले सम्मान गरेका थिए ।

एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडलमा सन्तोषले पारिवारिक जिम्मेबारीसँगै गायन क्षेत्रलाई निरन्तरता दिएको दैनिकी सहितको भिडियोले समेत सबैको मन छोएको छ ।

क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्याउने बताए । उनले कोरोनाको लकडाउनको समयमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।

हातमा गितारसँगै परिवारको जिम्मेबारीलाई समेत निभाइरहेका पुनको प्रस्तुतीबाट निर्णायक इन्दिरा जोसीले प्रशंसा गरेकी छन् । सानैदेखि गीत संगीतमा रुची रहेको पुन पोखरा अडिसनबाट छनौट भएका थिए । गोल्डेन माइक पाएपछि उनले थप उर्जा थपिएको र आगामी प्रस्तुती झनै उत्कृष्ट गर्ने बताएका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।