---Advertisement---

म्याग्दी जेसिजले होली पर्व हर्षोल्लासका साथ मनायो

On: March 24, 2024 2:14 PM
Follow Us:

म्याग्दी जेसिजले फागुपुर्णिमा पर्व तथा होली २०८० को अवसरमा जेसिज सदस्यहरु बिच होली मिलन कार्यक्रम गरेको छ । म्याग्दी जेसिजले प्रत्येक बर्ष आफ्नो बार्षिक कार्य योजनामा होली मिलन कार्यक्रमलाई नियमित कार्यक्रमको रुपमा आयोजना गर्ने गरेको छ ।

कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष तथा बेनि नगरपालिका–७ का वडा अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ, म्याग्दि जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ, म्याग्दी जेसिजका पूर्व अध्यक्ष तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।

म्याग्दि जेसिजका कार्यकारीणी उपाध्यक्ष अमिर श्रेष्ठको स्वगत मन्तव्य रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा म्याग्दी जेसिजका उपाध्यक्ष गोकुल सुनारले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित जेसिज सदस्यहरुले एक आपसमा शुभकामना आदान प्रदान तथा रङ, टिका ग्रहण गरि होली मनाएका थिए ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष जेसि दिनेश बानियाँले जेसिजको प्रत्येक बर्षको होली मिलन कार्यक्रमले जेसिज सदस्यहरु बिच एकअर्कामा बन्धुत्वको भावना बिकास गराउने र आपसि सम्बन्धलाई सुमधुर र मजबुत बनाउने बताउनुभयो ।

You can share this post!