नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकासँग सदरमुकाम बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्थाले होली पर्व मनाएको छ । अभिभावकविहिन बालबालिकालाई फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होलीमा खल्लो महसुस नहुने गरी सहकारीले ११औँ स्थापना दिवसको साताब्यापी कार्यक्रम अन्तरगत भोजन सहित होली पर्व मनाएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

रंगहरुको पर्व होलीमा रामाउँदै विभिन्न नाचगान तथा एकआपसमा सदभावकासाथ रंग र अविर दलेर रमाइलो गर्दै पर्व मनाइएको थियो । बालगृहका बालबालिकाले समेत होलीको अवसरमा आयोजित कार्यक्रमबाट उत्साहित भएको बताउनुभयो ।

सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठले रंगीन खुसी र दुखकष्टको अन्त्यको कामना गदैं बालबालिकासँग भविस्यमा पनि संस्थागत गतिविधिबाट जोडिने बताउनुभयो ।

उहाँले विगतमा पनि सहकारीले बालगृहमा सहयोग गरेको बताउँदै सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा मनाइने होली बास्तविक जिवनमा समेत सबैको यही कामना गर्नुभएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक एवम् सहकारीमैत्री गतिविधि सञ्चालन गरेको छ ।

होली पर्वको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, स्वागत उपाध्यक्ष देबेन्द्र पौडेल र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । आफन्त, इष्टमित्र, साथीभाईसंग मिलेर आपसमा रङ दली शुभकामना आदान प्रदान गरेर होली मनाउने परम्परा छ ।

 

Leave a Reply