---Advertisement---

१ सय बर्ष पुगेको अवसरमा एसइईका विद्यार्थीलाई सहयोग

On: March 27, 2024 8:35 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-४,बास्कुनाकी गौमती खत्रीको एक सय वर्ष पुगेको अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको छ ।

गौमती खत्री विकास कोषमार्फत धौलागिरी मावि सिंगा र सरस्वती मावि तातोपानीका विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको कोषका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । १ सय बर्ष प्रवेश गरेको अवसरमा अनावश्यक फजुल खर्च कटाएर विद्यार्थीलाई सहयोगसँगै एसइई परीक्षाको शुभकामना समेत दिइएको नाति खत्रीले बताउनुभयो।

बृद्धा गौमती खत्रीको नाममा हाल न्यूजिरल्याण्डमा रहेका नाती लालबहादुर केसीले धौलागिरी माविमा २५ लाखको अक्षय कोष, जिल्ला भलिबल संघ म्याग्दीमार्फत विद्यालयस्तरीय प्रतियोगिताका लागि बार्षिक २ लाख सहित शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्ने गरिएको छ ।