---Advertisement---

सुदर्शन सहकारी प्रकरणमा मेराे ‘नाम’ बाहेक केही छैन: गृहमन्त्री

On: March 27, 2024 4:40 PM
Follow Us:

गृहमन्त्री रवि लामिछानेले सुदर्शन सहकारी प्रकरणमा आफ्नो ‘नाम’ बाहेक केही नभएको दाबी गरेका छन्। उनले भने, ‘जहाँ मेरो नाम छ भनिएको छ। त्यहाँ मेरो नाम बाहेक केही छैन। न हस्ताक्षर छ, लाप्चे छैन। न मैले कै निवेदन दिएको छु। न सामान्य रुपमा सामान्य केवाईसी फर्म भरिएको छ।

म अदालतको मुद्दाको प्रतिवादी छैन। प्रतिवादीको नाममा रविको नाम उल्लेख भएको मलाई जानकारी छैन। प्रहरीमा दर्ता गरेको उजुरी बाहेक मेरो केही छैन भन्ने जानकारी आएको छ।’ गृहमन्त्री लामिछाने माथि सुदर्शन सरकारीबाट एक करोड रुपैयाँ लिएको आरोप लागेको छ। आफू सदस्य नभएको संस्थाबाट रकम लिएर अपचलन गरेको आरोप उनी माथि लागेको छ।

यही विषयलाई लिएर बैठकमा समितिका सदस्यहरूले प्रश्न गरेका थिए। गृहमन्त्री लामिछानेले प्रश्न सोध्ने सदस्यहरूकै सरकारको पालामा यो प्रकरणबारे छानबिन सुरु भएको पनि बताए।