सवारी दुर्घटनामा परेर घाइते भएका पर्बतका गोपाल परियारको उपचारमा समस्या भएको छ । पर्बतको महाशिला गाउँपालिका लुङ्खुमा ट्याक्टर दुर्घटना हुँदा गम्भीर बनेका जलजला गाउँपालिका-७ धाईरिङ घर भएका ३५ वर्षिय परियारको आर्थिक अभावले उपचारमा समस्या भएको हो । दुघर्टनामा परेर घाइते भएका परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको आफन्त राधिका परियारले बताइन् ।घरको आर्थिक स्थिति कमजोर भएकाले उपचारमा समस्या भएकाले सहयोगको याचना गरिएको बताइन् ।

परियार गत फागुन ७ गते राती पर्बतको लुङ्खुमा ट्याक्टर दुर्घटनामा परेर घाइते भएका थिए ।दुघर्टनाका कारण टाउको, नाख र खुट्टामा चोट लागेर गम्भीर बनेका उनलाई पोखराको मेट्रो सिटि अस्पतालमा भर्ना गरिएको छ । डाक्टरको अनुसार उनको उपचार खर्च करिब ३ लाख ५० हजार जति लाग्ने बताएपछि सहयोग खोज्दै आफन्तले विभिन्न क्षेत्रमा पुगेका छन् । घाईतेको टाउकाको अप्रेसन त भयो थप उपचार गर्न आर्थिक समस्या छ ।

खुट्टाले हिंड्न नहुने भएकाले अस्पतालमा उपचार खर्च बुझउने पैसा नभएर औषधी गर्न समेत समस्या भएको जलजला गाउँपालिका धाईरिङका यूवा साजन परियारले बताए । उनका अनुसार उपचार गरेको तिर्ने पैसा समेत नहुदाँ बिरामीलाई अस्पतालमा थप उपचारमा समस्या भएको बताए । उनले सबैलाई आर्थिक सहयोगका लागि अनुरोध समेत गरेको छन् ।

Leave a Reply