अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एसइई आजबाट सुरू, पाँच लाख विद्यार्थीले परीक्षा दिँदै

On: March 28, 2024 6:27 AM
Follow Us:
---Advertisement---

माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदैछ।आजबाट सुरू भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ बजेबाट सुरू हुनेछ। पहिलो दिन अंग्रेजी विषयको  परीक्षा हुँदैछ। एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्र छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ।बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् एक लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन्। देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ।