बेनी नगरपालिका–९,दावाकी एक बृद्धा तीनदिन देखि सम्पर्कविहिन हुनुभएको छ । बिहिबार विहान १० बजे पात्लेखेत जाने भनेर हिड्नुभएकी ७७ बर्षिया बिजुली खत्री शनिबार विहानसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन । पात्लेखेत मन्दिरमा जाने भनेर हिड्नुभएकी खत्रीको खोजीकार्य भएपनि अहिलेसम्म फेला नपरेको स्थानीय यूवा रेशम राईले बताउनुभयो ।‘गाउँ आसपासका क्षेत्रमा भेटिनुभएको छैन, खोजीकार्यमै छौ’ यूवा राईले भन्नुभयो ।

बिहिबार साँझ घर नफर्किएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अनुरोध गरेका थिए । बृद्धा खत्रीको बेनपा वडा नं ९ घतान र १० पात्लेखेत आसपासका क्षेत्रमा खोजीकार्य गरिएको छ भने शनिबार गलेश्वरसम्म पुगेर खोजीकार्य गरिने बताइएको छ । बेपत्ता खत्रीलाई भेटेमा नजिकैको प्रहरी चौकीमा खवर गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।

Leave a Reply