सिटिजन्स बैंक इन्टरनेसनल बेनी शाखाले बेनी नगरपालिका वडा नं ६ अर्थुङ्गेमा आयोजित स्वास्थ्य शिविरमा १ सयभन्दा बढी लाभान्वित भएका छन्। बैंकको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार १ सय १३ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथैे आवश्यक औषधीहरुसमेत निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा बेनी अस्पतालका डा. रोशन आचार्यको नेतृत्वमा बेनी सञ्जिविनी हेल्थ क्लिनिकका टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएको थियो ।

शिविरमा चेकजाँच गर्ने बिरामीको जटिलता हेरी थप चेकजाँचका लागि बेनीमा बोलाइएको छ । शाखा प्रबन्धक पुरुषोत्तम पौडेलले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको बताए । शिविरमा वडा सदस्य शारदा राना, राधिका विक सहितको उपस्थिती रहेको थियो । बैंकका कर्मचारी सुमित सुबेदीले स्वास्थ्य शिविर तथा बैंकमार्फत प्रदान हुने सेवा लगायतका विषयमा जानकारी गराएका थिए ।

 

Leave a Reply