बेनी नगरपालिका-९,तोरीपानीकी १९ बर्षिया मिना परियार घरबाटै बेपत्ता भएको तीन महिना वितिसक्यो । गएको पुस १६ गते ११ बजे आसपासमा घरबाटै सम्पर्कविहिन भएकी परियारको अहिलेसम्म अत्तोपत्तो छैन ।

हराएको दिनदेखि नै खोजीकार्य गरिएपनि मिनाको सबैतिर खोजीकार्य गरिएपनि अवस्था सार्वजनिक नहुँदा परिवारमा छट्पटी छ भने अझैपनि टुप्लुक्क घर आउने आशमा आमाबुबा बसेका छन् । बेपत्ता मिनका बुबा जुठे दमाईले बेलाबेलामा सपनामा छोरी घरमा आएको देखेपनि प्रतिक्षामै तीन महिना विताएका छन् ।

‘न सास न लाश’ भेटेका मिनाका परिवार खोजीकार्य सुस्त भएकोमा चिन्तित छन् । मिनाकी भाउजु कमला बर्देवाले सामाजिक सञ्जालमा खोजीकार्यका लागि पुनः सहयोगको याचना गरेकी छन् ।

‘बेपत्ता भएको पनि तीन महिना वितिसक्यो, मिनालाई कता लगियो, सबैले खोजीकार्यलाई नरोकिदिनुहोला’ बर्देबाले भनिन् । प्रेम सम्बन्ध र यौनसम्पर्क राखेको स्वीकार गरेका स्थानीय यूवा राम खत्रीलाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउन कारागार पठाउने आदेश दिएका थिए ।

घरबाटै बेपत्ता भएको ६१ दिनमा पीडित पक्षको किटानी जायरीपछि प्रहरीले लामो अनुसन्धान गरेको थियो ।घटनामा जोडिएका खत्री र बेपत्ता परियारको सामाजिक सञ्जाल, मोबाइल सहित अन्य कनेक्सन सहितको तथ्यप्रमाणका आधारमा अन्तिम लोकेश भएको क्षेत्रसम्म पुगेको थियो ।

पीडित यूवती परियार र अभियुक्त खत्री बिच सामाजिक सञ्जालमा भएको कुराकानी, अभियुक्तले खेत जोत्ने बेलामा भएको चिनजान,आफ्नो शाररीक सम्बन्ध भएको र चिनजान भएपछि बेपत्ता गराएको भन्ने अभियुक्त खत्रीले स्वीकार गरेका छैनन् । बेपत्ता मिनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको बैसरी आसपासका क्षेत्रमा देखिएको थियो ।

कानुनी प्रक्रियामा प्रवेश गरेपनि मिनाको खोजीकार्र्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीले मिनाको मोवाइल लोकेशन तथा अन्य तथ्यप्रमाणका आधारमा खोजीकार्य गरिरहेको बताएपनि अहिलेसम्म मिनाको अवस्था भने अज्ञान नै रहेको स्वीकार गरेको छ ।

Leave a Reply