हराउँदै गएको यानिमायाको संरक्षण र प्रचारप्रसारमा सघाउनमौलिक लोक भाका यानिमाया बजारको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दी र बागलुङको ग्रामीण क्षेत्रमा गुञ्जिने यानिमाया आधुनिक गितसंगीतका कारण लोपउन्मुख अवस्थामा पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ खिवाङ घर भई हाल यूकेमा बसोबास गर्ने बिल पूर्जा पुन मगरले गायिका ज्ञानसरा जुग्जाली छन्त्यालको स्वरमा बजारमा ल्याउनुभएको हो ।

डेढदशक अगाडीसम्म ग्रामिण भेगमा गुञ्जिने यानिमायाको संरक्षण तथा महत्वका बारेमा जानकारी दिने र नयाँ पुस्तालाई समेत पुराना गीतसंगीतप्रतिको रुची बढाउन म्यूजिक भिडियो सहित गीत बजारमा ल्याएको सर्जक मगरले बताउनुभयो । ‘यानिमाया म्याग्दीको पहिचान हो, यो भाका लोप भए पूरानो भाकाहरुलाई जोगाउन मुस्किल पर्छ’ रचनाकार समेत रहनुभएका पूर्जाले भन्नुभयो ।

ग्रामिण क्षेत्रमा मेलापात,रोधी बस्दा, बुकीँ चढ्दा, झर्दा, मेलापात गर्दा, मेला महोत्सवमा यानिमाया भाका निकै गाउने गरिएपनि पछिल्लो समय पूराना कलाकारले मात्रै यो भाकालाई जोगाउन सक्रिय भएपनि नयाँ पुस्ताको रुची घट्दै गएको छ । गीतसङ्गीतले मानिसको दुःख, वेदना र हर्ष बोल्ने भन्दै पुराना गीतसँगै संस्कृति पनि हराउँदै जाँदा पूराना सर्जक चिन्तित छन् ।

Leave a Reply