सोमबार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम भएकाे छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर सो रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १६ सयले बृद्धि भएको जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १० बढेर तोलाको १ हजार ५ सय ३५ रुपैयाँमा काराबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply