म्याग्दीको बेनी नगरपालिका-९,दाबाबाट हराउनु भएकी एक बृद्धा ६ दिनपछि ओडारमा भेटिनुभएको छ । गएको बिहिबार विहान १० बजे पात्लेखेत जाने भनेर हिड्नुभएकी ७७ बर्षिया बिजुली खत्री नेपाने भन्ने ठाउँमा ओडारमा बसेको अवस्थामा दुई यूवाले फेला परेका हुन् ।

खोजीकार्यमा जुटेका सुर्दशन हमाल र अभिषेक रिजालले ओडारभित्र फेला पारेको पात्लेखेत स्वास्थ्य चौकीकी अनमी सुप्रिया शाक्यले जानकारी दिनुभयो । ‘उहाँको स्वास्थ्य अवस्था समान्य छ, हामीले तत्कालै चेकजाँच गरेका थियौं’अनमी शाक्यले भन्नुभयो । घरबाट पात्लेखेत मन्दिरमा जाने भनेर हिड्नुभएकी खत्रीको खोजीकार्यमा स्थानीयले निरन्तर सक्रियता देखाएका थिए ।

स्थानीय यूवा रेशम राईका अनुसार बृद्धा खत्री ६ दिनसम्म फुर्तिलो अवस्था देखेर खोजीकार्यमा संलग्न समेत उत्साहित भएका थिए । बृद्धाको खुट्टामा सामान्य चोट लागेको छ भने प्रेसरको बिरामी भएकाले स्वास्थ्यकर्मीले परिवारका सदस्यलाई आवश्यक सल्लाह दिएर घर पठाइएको थियो । बृद्धा खत्रीको बेनपा वडा नं ९ घतान र १० पात्लेखेत आसपासका क्षेत्रमा खोजीकार्यमा समुह बनाएर स्थानीय सक्रिय भएका थिए ।

Leave a Reply