default

गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान गरेको छ ।

पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७ बिम हुदै डाडागाउ जोड्ने सडक स्तरोन्नतिका लागि बुधबार रु. २० करोड बजेट बराबरको ठेक्का आव्हान गरेको हो ।

यसअघि सोमबार मध्य पहाडी लोकमार्गको बैकल्पिक मानिएको बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजना अन्र्तगत पर्ने मालिका गाउँपालिका–७ शिवरात्रीको मराङखोलामा ४० मिटर लामो प्रीस्टे«स प्रविधिको मोटरेबल पुल निर्माणका लागि रु. ९ करोड बजेटको स्रोत सुनिश्चितता भई ठेक्का आव्हान भइसकेको छ ।

म्याग्दी प्रदेशसभा १(२) बाट निर्वाचित माननीय रेशम बहादुर जुग्जाली गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारीमा रहँदा सो सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक योजनामा समावेश गरि रु. २० करोड बजेटको स्रोत सुनिश्चतता गराई बहुबर्षीय ठेक्का आव्हानका लागि भएको निर्णय कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

दरवाङ–बिम सडक अन्र्तगत खारा देखि लुरवाङ–तल्लोगाउँ हुदै डाडागाउँ खण्डमा सडक फराकिलो, नाली बनाउने, ढलान र पर्खाल बनाउनुका साथै तल्लोगाउँ र डाडागाउँभित्र कालोपत्र गर्ने गरी डिजाइन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले बताउनुभयो । दरवाङ देखि खारा सम्मको सडक म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाको पहुँचमार्गमा गुड्ने हेभी लोड भएका गाडीले प्रयोग गर्ने हुँदा दिर्घकालिन नहुने भएकाले तत्काल स्तरोन्नतिमा नराखिएको हो ।

खारा–बिम सडक स्तरोन्नति भएपछि मालिका गाउँपालिका वडा नम्बर ७ का साथै धवलागिरी गाउँपालिका ५ र ६ नम्बर वडाका बासिन्दा लाभान्वित हुनेछन् । मालिका धुरी, प्रभुचेला, बराह तालमा आउने भक्तजन र पर्यटकलाई सहज हुनेछ् । यस क्षेत्रको पर्यटन, जलविद्युत लगायत समग्र विकासका लागि सहज हुने अपेक्षा गरिएको छ ।

बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजना अन्र्तगत धारापानी देखि ताकम हुदै शिवाङ सम्मको सडक स्तरोन्नतिका लागि रु. २५ करोड बजेटको स्रोत सुनिश्चितता भइ ठेक्का सम्झौताको चरणमा रहेको छ ।

मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना स्थित अदिभारा र बेनी नगरपालिका ४ र मंगला गाउँपालिकाको वडा नम्बर ३ को सिमाना अर्चेखोलामा २५÷२५ मिटर सडक लामो मोटरेबल पुुल निर्माण तिब्रताका साथ अघि बढेको छ ।

अदिभारा र अर्चेखोलाको मोटरेबल पुल निर्माणका लागि माननीय जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चितता र बहुबर्षीय ठेक्का आवहान गर्न स्विकृति दिएको थियो ।

बेनी–पाखापानी सडकका लागि रु. २० करोड, हाडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नतिका लागि रु. १० करोड, मंगला गाउँपालिकाको पखेर–बरंजा सडकका लागि रु. १० करोड, मालिका गाउँपालिको अदिभारा देखि डाडागाउँ सोले लामेला तमान सडक आयोजनाको अदिभारा–डाडागाउँ खण्डका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चतता भई माननीय रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्वमा रहँदा बहुुबर्षीय ठेक्का स्विकृत भएको थियो ।

प्रदेश सरकार अन्र्तगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०८०÷०८१ सञ्चालन गरेका बहुबर्षीय र सालबसाली आयोजना मार्फत १६.२ किलोमिटर सडक कालोपत्र÷आर.सि.सि र पि.सि.सि ढलान हुने जनाएकोे छ ।

६ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, ४ किलोमिटर नाली निर्माण, दश हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालनमा रहेका छन् ।

सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुल सम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुबर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा ४ वटा ठेक्काको मूल्याङकनको चरणमा रहेको छ ।

सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समिति मार्फत कार्यान्वयन भइसकेका छन् । ७ वटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । यस वर्ष ५.६ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवति सडक कालोपत्र र दरवाङ–धारापानी सडकको ६ किलोमिटर ६०० मिटर ग्राभेल सकिएको छ ।

यसअघिका बर्षमा ठेक्का सम्झौता भईसकेका बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब ९ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ । क्रोनिक अवस्थामा रहेका आयोजनाका ठेकेदारलाई सहजिकरण र समन्वय गरेर काममा फर्काइएको हो ।

मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको अर्गला स्थित मराङखोला र मालिका गाउँपालिकाको छ्यारछ्यारे स्थित म्याग्दी खोलामा यसअघि ठेक्का सम्झौता भएका मोटरेबल पुल निर्माण योजना चालु आर्थिक वर्षमा सम्पन्न भइसकेका छन् ।

बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजना अन्र्तगत मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७को सिमाना स्थित भारवाङघाटमा यसअघिनै शुरु भएको मोटरेबल पुल निर्माण सम्पन्न हुने चरणमा रहेको छ । म्याग्दी जिल्लामा भित्रिएका विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र दिगो बनाउन सबै पक्षबाट साथ र सहयोगको अपेक्षा गर्दै थप आयोजनाका लागि निरन्तर प्रयास तथा पहल गर्ने म्याग्दी (१) १ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

Leave a Reply