ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत हिमाली जिल्ला मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकखण्डको सेल्फी डाँडाको साढे ३ हजार मिटरमा मोटोखाना रेस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आवद्ध क्लवहरुमा यो सम्भवत सबैभन्दा उच्चाईमा भएको अफिसियल रेस भएको बताइएको छ ।

ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोल ीबुधबार मुस्ताङको मुक्तिनाथ पुगेको थियो । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनीहुँदै मुक्तिनाथ पुगेका हुन् ।

टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य संघको टोलीले भब्य स्वागत गरेको थियो । मुक्तिनाथ नजिकै सेल्फीडाँडामा राइडरहरुका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरिएको थियो । यसैगरी सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्टहन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ ।

करिव ३ हजार मिटर उचाईमा भएको सो प्रतियोगिताक विजेताहरुलाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपालअटोमोबाइल्स एसोसिएसन,मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियारबाट पुरस्कृत गरिने छ ।

मुस्ताङबाट राइडरहरु जोमसोम, बेनी, कुश्माहुँदै पोखरा फर्किने छन् । पोखरामा आयोजनाहुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समयदेखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्यहासिल गर्न सघाउ पु¥याउने टोलीका प्रतिनिधि गोविन्द भट्टराईले बताए । राइडरहरुमा नेपाली र भारतीय टोली छन् ।

राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विलटुरिङ र सेफटी राइडिङ सम्बन्धीलाइभस्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकल सिपमा समेत सहभागी भएका छन् र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ । माउन्टेन स्पोर्ट्स फेस्टिभलअन्तर्गत दिगो पर्यटनको लागि टु ह्विलटुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत लिइएको छ ।

सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइडअन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ ।राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रियमोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना भएको हो ।

Leave a Reply