म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा  पर्यटकीय तथा धार्मिकस्थल बेलढुंगा र स्वार्गाआश्रमको प्रचार–प्रसार लागि डोले-बेलढुङ्गा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । आन्तरिक पर्यटकको आकर्षक गन्तव्य स्थल बन्दै गएको बेलढुंगा र स्वार्गाआश्रम क्षेत्रमा आउने पर्यटकलाई होमस्टेको सुविधाका बारेमा समेत जानकारी दिने उदेश्यले पर्यटन प्रर्बधन तथा खेलकुद मेलाको आयोजना गरिएको छ ।

कुनै समय सुनसान जस्तै बेलढुंगामा भकिम्ली र धम्जातर्फबाट सडक सञ्जाल पुगेपछि चर्चामा रहेको स्वार्गाआश्रम र बेलढुंगा क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकता दिएर म्याराथुन प्रतियोगिता र प्रोढ भलिबल छेलो,अन्धनिशान सहितका खेल समेत सञ्चालन गरिने खेल संयोजक भानु थापाले बताए । प्रतियोगितामा प्रोढ भलिबलका लागि आउने खेलाडी सहित दर्शकलाई स्वार्गाआश्रम, बेलढुंगा र अहिले गुराँसको अवलोकनमा जाने वातावरण बनाउने बताए ।

मेलाका अध्यक्ष पदमसिंह पुनले भकिम्लीको शिरमा रहेको धार्मिकस्थल र पर्यटकीय गन्तब्यलाई चिनाउने गरी चैत्र २६ देखि २९ गतेसम्म हुने प्रतियोगितात्मक कार्यक्रमहरुलाई भब्य बनाउने बताए । मेलाको उद्घाटनमा आउने अतिथिलाई भकिम्लीमा सामुदायिक घरबास तथा ब्यक्तिगत रुपमा समेत सेवा दिन चाहनेलाई प्रोत्साहनका लागि समेत अनुरोध गर्ने बताए ।

Leave a Reply