म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेका यात्रुबाहक बस दुर्घटना हुदाँ चालकसहित २७ जना घाइते भएका छन् । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वर नजिकै ग १ ख ५६५५ नम्बरकोे बस दुर्घटना भएको थियो ।

दुर्घटनमा घाइते भएका मध्ये चार जनालाई थप उपचारको लागि पोखरा पठाइएको छ भने अन्य घाईतेको बेनी अस्पतालमै उपचार भइरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बेनीअनलाइनलाई बताउनुभयो । घाईते सबैलाई चेकजाँचका लागि बेनी अस्पतालमा लगिएकोमा केही डिस्चार्ज भएको प्रनाउ श्रेष्ठको भनाई छ । सदरमुकाम बेनीदेखि छुटेको बस भित्तामा ठोकिएको थियो ।

सडकबाट डिलतर्फ मोडिन लागेको बसलाई चालकले कुनातर्फ मोड्न खोज्दा बस कुनातर्फको पहाडमा ठोक्कीन पुगेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । दुर्घटनामा घाईते भएका सबै खतरामुक्त छन् । घाईतेलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइएको थियो ।सुरक्षाकर्मी, यातायात ब्यवसायी, लायन्स क्लव अफ लभ्लीहिल र सर्वसाधारणले तत्कालै उद्धार गरेकाले उपचारमा सहज भएको थियो ।

Leave a Reply