म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ। सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुवराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, सह–कोषाध्यक्षमा राजु बानियाँ रहनुभएको छ ।त्यस्तै सदस्यहरुमा माधवप्रसाद रेग्मी, लिलाराम गौतम, बालबहादुर महत, महेन्द्र खत्री, लोकराज सुवेदी, रामप्रसाद सुबेदी, शिव भट्टचन, शैलेष श्रेष्ठ र बमबहादुर बरुवाल चयन हुनुभएको निर्वाचन समितिका संयोजक याम बहादुर चोखालले जानकारी दिनुभयो । उहाँका अुनसार सहकारीको लेखा समितिको संयोजकमा शिव प्रसाद केसी र सदस्यमा बिष्णु प्रसाद गौतम रहुनुभएको छ ।

साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हुदै जाने भएकाले जिल्लामा रहेका संचारमाध्यमलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा संचालनमा रहेको एक मात्र रेडियो म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको विकासका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । उहाँले अब रेडियो पनि समय अनुरुप संचालन हुनुपर्नेमा जोड दिनुभयो । अहिले पनि पुरानो तरीकाले संचालन गर्ने हो भने यसलाई प्रभावकारी नहुने उहाँको भनाई थियो ।

संस्थाका संस्थापक अध्यक्ष बेनी नगरपालिकाका पूर्व मेयर हरिकुमार श्रेष्ठले जिल्लामा रहेका संचार माध्यमहरुको अबस्था कमजोर हुदै गएको बताउनुभयो । यस्ता संचार माध्यम बचाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ महासचिव नारायण जिसी र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले हाल प्रविधिले फड्को मारिरहेकाले त्यस संग प्रतिस्पर्धा गर्न सक्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । प्रविधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र भिजनका साथ संस्थालाई अगाडि बढाउन आबश्यक रहेकको बताउनुभयो।

उक्त सभामा म्याग्दीकाली एफ.एमका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान गरिएको छ । रेडियोमा रहेर रेडियोको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व स्टेशन म्यानेजर विक्रम बोगटी, प्रकाश पौडेल र दलप्रसाद विस्वकर्मा (अमित)लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

रेडियोमा रहेर उत्कृष्ट काम गरेको भन्दै प्राविधिक प्रमुख मनु थापालाई समेत सम्मान गरिएको थियो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित ५३४ जना शेयर सदस्य रहेको सहकारीको ३ करोड ४ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ ।

केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा १८ लाख १८ लाख ६५ हजार ९६५ आम्दानी गरेको छ । भने खर्च तर्फ २७ लाख २१ हजार, ४८७ रुर्पयाँ खर्च भएको कोषाअध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, रामजी प्रसाद सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply