नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले जिल्ला तथा स्थानीय तहको अधिवेशन पछि वडा अधिवेशन शुरु गरेको छ । बेनी नगरपालिका, मालिका, मंगला, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शनिबारसम्म सम्पन्न भएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीका अनुसार रघुगंगा गाउँपालिकाको वडा नं ५ र ६, बेनी नगरपालिकाको १,७,८ र १०, अन्नपूर्ण गाउँपालिका–२ र ३मा वडा अधिवेशन सम्पन्न भएको छ ।त्यस्तै मालिका गाउँपालिका–७ मा समेत शनिबार वडा अधिवेशन सम्पन्न भएको छ ।

त्यसैगरी धवलागिरी गाउँपालिकाको वडा नं २, ३ र ४ मा वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष सुबेदीका अनुसार मंगला गाउँपालिकामा आइतबारदेखि वडा अधिवेशन सुरु हुदैछ भने जिल्लाका अधिकांस वडाको अधिवेशन चैत्र महिनाभित्र सम्पन्न हुने छ । नेकपा एमाले बेनी नगर कमिटिीका अध्यक्ष बेलबहादुर कटुवालले १० वटै वडाको अधिवेशन सम्पन्न भएपछि संगठन विस्तार सहितका थप रणनीति सहित अगाडी बढ्ने बताउनुभयो ।

वडा अधिवेशनका लागि नेकपा एमालेका पालिका अध्यक्ष सहित जिल्लास्तरीय नेता सहितको टोलीलाई परिचालन गरिएको छ । म्याग्दीमा बेनी नगरपालिका र ५ गाउँपालिकामा ४५ वडा रहेका छन् । नेकपा एमालेले केही वडाको अधिवेशन बैशाख महिनामा सम्पन्न गर्ने जनाएको छ ।

Leave a Reply